• वैशाख २७, २०८१ बिहिबार
    09 May, 2024, Thursday

    डेपुटी फोर्स कमाण्डर ढकाल र घिमिरे सेनाको उपरथीमा बढुवा


    २०८० पुष १५, आइतबार

    २०८० पुष १५, आइतबार

    काठमाडाैं, १५ पुस । नेपाली सेनाका दुई जना सहायकरथी उपरथीमा बढुवा भएका छन् ।

    बढुवा हुनेमा सहायकरथी चोकबहादुर ढकाल र पवन घिमिरे रहेका छन् ।

    घिमिरे २७ बेसिकका र ढकाल २८ बेसिकका सैनिक अधिकारी हुन् । उपरथीमा बढुवा भएका ढकाल अहिले शान्ति स्थापनार्थ लेवनान मिसनमा डेपुटी फोर्स कमाण्डरका रुपमा कार्यरत छन् । शुक्रवार बसेको मन्त्रिपरिषदको बैठकले उनिहरुलाई उपरथीमा बढुवा गरेको हो ।

    बढुवा भएका ढकाल र घिमिरेलाई सोमबार प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिन्ह लगाउने कार्यक्रम छ ।

    तपाइको प्रतिक्रिया राख्नुहोस्

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर