• बैसाख ८, २०८२ सोमबार
    21 Apr, 2025, Monday

    सुन तस्करी प्रकरणमा सीआईबीले लियो कृष्ण बहादुर महराको बयान


    २०८० असोज १६, मंगलबार
    सुन तस्करी प्रकरणमा सीआईबीले लियो कृष्ण बहादुर महराको बयान

    २०८० असोज १६, मंगलबार

    काठमाडौंः इलेक्ट्रिक सिगरेट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरासँग बयान लिएको छ ।

    पूर्व सभामुख समेत रहेका महरा मंगलबार सीआईबीमा उपस्थित भएर सो प्रकरणमा बयान दिएको प्रहरी स्रोतले जनाएको छ ।

    ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग कृष्णबहादुर महरा र उनको छोरा राहुलको सम्पर्क देखिएपछि सीआईबीले उनीहरुलाई सुन ल्याउने समूहका ‘मुख्य योजनाकार’ किटान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

    छोरा राहुल गत भदौ १३ मा पक्राउ परिसकेका छन् । महराले सुन तस्करीसम्बन्धमा अनुसन्धानका लागि आफूले सरकारलाई सघाउने बताउँदै आएका छन् ।

    तपाइको प्रतिक्रिया राख्नुहोस्

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर