• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    राष्ट्रिय सभा अध्यक्ष तिमिल्सना समवेदना दिन नेम्वाङ निवासमा


    २०८० भाद्र ३१, आइतबार

    २०८० भाद्र ३१, आइतबार

    काठमाण्डौः राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान सभा अध्यक्ष स्वर्गिय सुवासचन्द्र नेम्वाङको परिवारलाई निवासमै पुगेर समवेदना व्यक्त गरेका छन् ।

    अध्यक्ष तिमिल्सिना आइतबार बिहान बालुवाटारस्थित नेम्वाङ निवासमा पुगेर समवेदना व्यक्त गरेका हुन् । अध्यक्ष तिमिल्सनाले परिवारका सदस्यहरुलाई राष्ट्रिय सभाका तर्फबाट समवेदना पत्र हस्तान्तरण समेत गरे । संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख नेम्वाङको गत मंगलबार हृदयघातबाट निधन भएको थियो ।

    अध्यक्ष तिमिल्सनाले हस्तान्तरण गरेको समवेदनापत्रमा नेपालको शान्तिप्रक्रिया र संविधानसभाबाट नेपालको संविधान जारी गराउन उनको महत्वपूर्ण भूमिकाको स्मरण गर्दै उनको निधनले नेपालको संसदले एक अनुभवी,  असल र लोकप्रिय संसद एवं संसदको पूर्व नेता गुमाएको र राष्ट्रले एक सिद्धान्त निष्ठ देशभक्त इमान्दार नेता गुमाएको उल्लेख गरेका छन् ।

    तपाइको प्रतिक्रिया राख्नुहोस्

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर