• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    कोशीका मुख्यमन्त्रीबारे सर्वोच्चको पूर्ण ईजलाशले दिएको परमादेशमा के छ (पूर्णपाठ)


    २०८० भाद्र २१, बिहिबार

    २०८० भाद्र २१, बिहिबार

    काठमाण्डौंः प्रदेशसभाको अध्यक्षता गरेका व्यक्तिलाई समेत भोट हाल्न लगाएर विश्वासको मत पाएका कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई सर्वोच्च अदालतले पदमुक्त गरेको छ ।

    न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले ४८ घण्टाभित्र नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश पनि दिएको छ । यो फैसलासँगै दुई महिनाभित्रै एमाले सत्तामा फर्किएको छ भने नेपाली कांग्रेस नेतृत्वको गठबन्धन विपक्षी बेञ्चमा धकेलिएको छ ।

    मुख्यमन्त्री थापाको नियुक्ति खारेजीको माग गर्दै एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले ६ भदौमा दर्ता गराएको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले थापाको नियुक्ति बदर गरेको हो।

    सर्वोच्चले प्रदेश सभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्य इस्राइल मन्सुरीको निर्णायक मतलाई संविधानसम्मत मान्न नमिल्ने भन्दै ठहर गरेछ भने प्रदेश सभाको सबैभन्दा ठूलो दलका नेतालाई ४८ घण्टाभित्र संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेशसमेत दिएको छ। यससँगै एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त हुने भएका छन्।

    यस्तो छ, अदालतको आदेशको पूर्णपाठः

    तपाइको प्रतिक्रिया राख्नुहोस्

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर