• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    सिनामंगलमा भेटियो शंकास्पद बस्तु, सेनाको बम डिस्पोजल टोली घटनास्थलमा


    २०८० श्रावण ३, बुधबार

    २०८० श्रावण ३, बुधबार

    काठमाडौंः काठमाडौंको सिनामंगलमा शंकास्पद बस्तु भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ ।

    सिनामंगल पुल नजिक रहेको खोटाङ हेलेसी ज्वेलर्सको सटर बाहिर शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले शंकास्पद बस्तु डिस्पोज गर्दै छ ।

    घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाक्लो संख्यामा सुरक्षाकर्मी उपस्थित भएका छन् । घटनास्थलमा शङ्कास्पद वस्तुसँगै एक पर्चा पनि फेला परेको छ ।

    पर्चामा लेखिएको छ, ‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुहोस् । तपाईँको सहयोगले हाम्रो देश र जनताहरूलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो । यहाँ आरडीएक्स बारुदको बम राखिएको छ । सावधान रहनुहोला । संयोजक सफल ।’

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर