• वैशाख १६, २०८१ आइतबार
    28 Apr, 2024, Sunday

    अष्ट्रेलियाले विदेशी विद्यार्थी र कामदार भिषाको संख्या आधा घटाउने


    २०८० मंसिर २६, मंगलबार
    अष्ट्रेलिया -Australia

    २०८० मंसिर २६, मंगलबार

    काठमाडौं – अस्ट्रेलिया सरकारले विदेशी विद्यार्थी र कामदार भिषाको संख्या आधा घटाउने निर्णय गरेको छ ।

    आप्रवासी विद्यार्थी र कामदारको संख्या अत्याधिक हुँदा मुलुकको आप्रवासन सम्बन्धी प्रणालीमा निकै भार परेको भन्दै अष्ट्रेलिया सरकारले सो निर्णय गरेको हो ।

    आगामी दूई वर्षमा आप्रवासीको संख्या आधा घटाउँदै विद्यार्थी र कामदार प्रवेशलाई कडा बनाउने निर्णय गरीएको छ ।

    विदेशी विद्यार्थीले अंग्रेजी परीक्षण परीक्षामा उच्च अंक ल्याउनुपर्ने तथा दोश्रो पटक विद्यार्थी भिषा प्रयोग प्रक्रियालाई कडा बनाउने निर्णय गरेको अन्तर्राष्ट्रि सञ्चार माध्यमले जनाएका छन् । विद्यार्थीहरुको बसाई लम्बिँदा मुलुकको आप्रवासन सम्बन्धी नियममा भार परेको अष्ट्रेलिया सरकारको निष्कर्ष छ ।

    मुलुक भित्रको आप्रवासलाई सन्तुलनमा ल्याउँदै दिगो बनाउने पक्षमा रहेको प्रधानमन्त्री एन्थोनी अल्बानिजले बताउनुभएको छ । अष्ट्रेलियामा सन् २०२२/२३ मा ५ लाख १० हजार आप्रवासी प्रवेश गरेका छन् ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर