• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    सरकार र शिक्षकहरूबीच गृह मन्त्रालयमा वार्ता सुरु


    २०८० असोज ५, शुक्रबार

    २०८० असोज ५, शुक्रबार

    काठमाडौंः सरकार र आन्दोलनरत शिक्षकहरूबीच गृह मन्त्रालयमा वार्ता सुरु भएको छ । आन्दोलनरत शिक्षक कर्मचारीहरूले वार्तामा राखेका मागका विषयमा छलफल थालिएको छ ।

    वार्तामा शिक्षक कर्मचारीहरूलाई मागका विषयमा आफ्नो धारणा राख्ने समय दिइएको छ । त्यसपछि सरकारको तर्फबाट सरकारी वार्ता टोलीले आफ्नो धारणा राख्नेछ ।

    असोज २ गतेदेखि शिक्षा विधेयकमा विमति जनाउँदै शिक्षक कर्मचारीहरू आन्दोलन गर्दै आएका छन् । विधेयकमा उनीहरूले विभिन्न १८ बुँदे माग संशोधनको माग राख्दै आएका छन् । आन्दोलनरत शिक्षकहरूले आन्दोलन र वार्तालाई सँगसँगै अघि बढाएका हुन् ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर