• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    शहिदलखन ७ का दुई वटा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण


    २०८० असार २९, शुक्रबार

    २०८० असार २९, शुक्रबार

    काठमाण्डौः गोरखाको शहिदलखन गाउँपालिका वडा नं ७ मा रहेको दुई वटा विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ ।

    वडा भित्र रहेको चण्डिका आधारभुत विद्यालयका एक सय २१ जना र लखन थापा प्राथमिक विद्यालयका ४९ जनालाइ विद्यालय पोशाक वितरण गरिएको वडा अध्यक्ष शरण श्रेष्ठले बताए ।

    वडा कार्यालयको अनुरोध र सहिदलखनगापा–४ ताक्लुङ निवासी बिन्दु परियार थापाको समन्वयमा हाल अमेरीकामा बसोबास गर्दै आएका समाजसेवी डा.बिण्णुमाया परियारको आर्थिक सहयोगमा उक्त सामग्री शुक्रबार हस्तान्तरण गरिएको हो । परियारको बुबा रुप बहादुर परिवारको सम्झनामा शुक्रबार विद्यालयममै पुगेर बालबालिकाहरुलाई पोशाक हस्तान्तरण गरिएको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

    सामुदायिक विद्यालयका कतिपय अभिभावकहरु आर्थिक अवस्था कमजोर भएका कारण आफना बालबालिकाहरुलाई विद्यालय पोशाक किनिदिने अवस्था नभएका कारण यसले विद्यार्थी र अभिभावकलाई धेरै राहत पुग्ने उनले बताए । यस प्रकारका कार्यक्रमहरुले सामुदायिक विद्यालय प्रति आकर्षण बढ्ने उनको भनाइ छ । डा.विष्णु माया परियारले विभिन्नसंस्थाहरुमा आबद्ध भई समाजसेवाका क्रियाशील रहदै आएका छन् । रासस

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर