• वैशाख २६, २०८१ बुधबार
    08 May, 2024, Wednesday

    उत्कृष्ट प्रधानाध्यापक, विद्यालय र अध्यक्षलाई गाउँपालिकाको सम्मान


    २०८० असार २२, शुक्रबार

    २०८० असार २२, शुक्रबार

    काठमाण्डौंः खोटाङको साकेला गाउँपालिकाले विभिन्न सामुदायिक विद्यालयमा कार्यरत उत्कृष्ट प्रधानाध्यापकहरुलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । वर्षभरी उत्कृष्ट कार्य गर्ने प्रअसँगै विद्यालय सुधारका लागि क्रियाशिल तीन जना विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु समेत पुरस्कृत भएका छन् ।

    गाउँपालिकास्थित शिक्षा शाखाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार गाउँ शिक्षा समितिले विभिन्न मापदण्ड बनाई छनौट गरेको आधारमा पुरस्कृत गरिएको हो । पुरस्कृत हुनेहरुमा आधारभूत विद्यालय अन्तर्गत जनता आधारभूत विद्यालयका प्रधानाध्यापक धनबहादुर खड्का, पञ्चकन्या आधारभूत विद्यालयका प्रधानाध्यापक शंकर प्रसाद घिमिरे रहनुभएको छ ।

    यस्तै, माध्यमिक तह ९देखि १२ कक्षा अन्तर्गत साकेला मावि रतन्छाका प्रधानाध्यापक शिवेन्द्र राई यस वर्षको उत्कृष्ट प्रधानाध्यापक हुनुभएको छ । त्यस्तै विद्यालय व्यवस्थापन समिति अध्यक्षहरुमध्ये आधारभूत तह अन्तर्गत सिद्धकाली आविका अध्यक्ष समराज राई, पञ्चकन्या आवि मात्तिमका अध्यक्ष सिधन राई र माध्यमिक तह अन्तर्गत बालबालिका मावि मात्तिमका अध्यक्ष कूलप्रसाद शर्मा फुयाल पुरस्कृत हुनुभएको छ ।

    त्यस्तै, वर्ष उत्कृष्ट विद्यालय अन्तर्गत जनता आधारभूत विद्यालय, पञ्चकन्या आधारभूत विद्यालय र माध्यमिक तह साकेला माध्यमिक विद्यालय रतन्छा उत्कृष्ट विद्यालयको रुपमा पुरस्कृत भएका छन् । पुरस्कृत प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्षलाई जनही सात हजार रुपैंया नगद, सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको छ । उत्कृष्ट ठहरिएका विद्यालयहरुलाई प्रति विद्यालय नगद सात हजार रुपैंया र सम्मानपत्रद्धारा सम्मान गरिएको गाउँपालिकाले उल्लेख गरेको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर