• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    सुनको मूल्य तोलामै आठ सय रुपैयाँले बढ्यो


    २०८१ वैशाख २५, मंगलबार

    २०८१ वैशाख २५, मंगलबार

    काठमाडौंः नेपाली बजारमा आज पहेँलो धातु सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ४०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    अघिल्लो दिन सोमबार छापावाल सुन प्रतितोला एक लाख ३५ हजार ६०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्यमा पनि १५ रुपैयाँको वृद्धि आएको छ । जस अनुसार आज चाँदी प्रतितोला एक हजार ६७५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन एक हजार ६६० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर