• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    चिरख्वा हाइड्रोपावरको आईपीओ निष्कासन


    २०८० असोज २३, मंगलबार

    २०८० असोज २३, मंगलबार

    काठमाडौंः चिरख्वा हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन गरेको छ ।

    कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेपछि सर्वसाधारणका लागि सेयर निष्कासन गरेको हो ।

    कम्पनीले ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, १६ हजार कित्ता सामूहिक लगानी कोष र ४० हजार कित्ता सेयर कम्पनीका कर्मचारीचारीलाई छुट्याइसकेको छ भने आयोजना प्रभावित स्थानीयका लागि ४ लाख कित्ता सेयर निष्कासन गरेको छ ।

    कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको सबै सेयरमा आवेदन परेन । स्थानीयलृे २ लाख ४ हजार ७ सय कित्ता सेयरमा मात्रै आवेदन दिएका थिए । बाँकी रहेको १ लाख ९५ हजार ३०० कित्ता थपेर ८ लाख ५९ हजार ३ सय कित्ता सेयर सर्वसाधारणका लागि सेयर निष्कासन गरेको छ । आईपीओमा आजदेखि असोज २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

    उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा कात्तिक ३ गतेसम्म आवेदन दिन सकिने छ । आईपीओमा लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । आवेदन सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर