• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    इन्टरनेट कम्पनीलाई रोयल्टी रकम बुझाउन प्राधिकरणको निर्देशन (सूचना सहित)


    २०८० श्रावण २५, बिहिबार

    २०८० श्रावण २५, बिहिबार

    काठमाडौंः नेपाल दूरसञ्चार प्राधिकरणले १६ वटा इन्टरनेट कम्पनीलाई रोयल्टी रकम बुझाउन निर्देशन दिएको छ ।

    प्राधिकरणबाट अनुमति प्राप्त गरेका १६ वटा कम्पनीलाई दूर सञ्चार सेवा सञ्चालन गरे बापत आर्जन गरेको कुल आम्दानीको ४ प्रतिशत र ग्रामीण दूर सञ्चार विकास कोष बापतको २ प्रतिशत गरी ६ प्रतिशत रोयल्टी रकम तत्काल बुझाउन निर्देशन दिएको छ ।

    प्राधिकरणले आज सूचना जारी गर्दै निर्देशन दिएको हो । साथै तत्काल राजश्व दाखिला नगरे हदैसम्मको कारबाही गर्ने समेत जानकारी गराएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर