• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    सेयर बजार ३५.३७ अंकले घट्याे


    २०८० असार १३, बुधबार

    २०८० असार १३, बुधबार

    काठमाडौः बढेको बजारबाट ट्रेडरले नाफा सुरक्षित गर्दा बुधबार नेप्से सूचक प्रभावित भएको छ । तर, बजारले २२ सयको मनोवैज्ञानिक विन्दुलाई पार गरेर करेक्सनमा गएको हो । यस दिन नेप्से सूचक ३५.३७ अंकले घटेर २१५०.९९ विन्दुमा अडिएको छ । ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार ४८११ रुपैयाँको कारोबार भएको छ । ३ कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।

    बजार खुल्ने वित्तिकै नेप्से २२ सय विन्दु माथि गएको थियो । त्यसपछि भने बजारमा नाफा बुक गर्नेहरु हावी भए, फलस्वरुपः बजार पुनः घटेर २२ सय विन्दुभन्दा तल आएको हो ।

    यस दिन २८० कम्पनीको १ करोड ३३ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएको छ । ८३ करोड ७० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन लाइफ इन्स्याेरेन्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र सोल्टी होटल परेका छन् ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर