• असार १९, २०८२ बिहिबार
    03 Jul, 2025, Thursday

    ‘वैदिक ज्ञान विश्भवर फैल्याउन नेपालले नेतृत्व गर्न सक्छ’


    २०८१ कार्तिक २३, शुक्रबार
    ‘वैदिक ज्ञान विश्भवर फैल्याउन नेपालले नेतृत्व गर्न सक्छ’

    २०८१ कार्तिक २३, शुक्रबार

    काठमाडौँ, २३ कात्तिक : वैदिक दर्शनको ज्ञान विश्वभर फैलाउन नेपालले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्नेमा जोड दिइएको छ ।

    नेपाल महर्षि वैदिक फाउण्डेशनले बिहीबारदेखि राजधानीमा आयोजना गरेको वैदिक विज्ञान र आधुनिक विज्ञान दोस्रो महासम्मेलनका वक्ताले यसमा जोड दिएका हुन् । कार्यक्रममा स्वामी ज्ञानानन्द सरस्वतीले नेपाल योग, ध्यान र शान्तिको गुरु देश बन्नसक्ने भएकाले त्यसअनुरुप काम गर्नुपर्नेमा जोड दिनुभयो । यसका लागि नेपाललाई वैदिक राष्ट्र बनाउनुपर्नेमा उहाँको पनि जोड थियो ।

    फाउण्डेशनका अध्यक्ष दीपकप्रकाश बास्कोटाले कृषि, आवास आदि क्षेत्र सपार्नका लागि वैदिक ज्ञानले भनेअनुसारका कर्म गर्नुपर्नेमा उहाँको जोड थियो । शुक्रबार वैदिक कृषि र शनिबार वैदिक वास्तुका बारेमा महासम्मेलनमा छलफल गराइने उहाँले बताउनुभयो ।

    कार्यक्रममा आचार्य राजन शर्मा (भीमसेन सापकोटा), आर्युवेदका चिकित्सक डा सरिता श्रेष्ठलगायतले नेपाललाई विश्वका देशको गुरु देश बनाउन सकिने भएकाले त्यसतर्फको यात्रामा सबैको सहयोग आवश्यक पर्नेमा जोड दिनुभयो ।

    महासम्मेलनको आज कार्यक्रममा वैदिक कृषि र शनिबार वास्तुशास्त्रका बारेमा छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ । राजधानीको भृकुटीमण्डपमा विश्व कल्याणका लागि अतिरुद्र महायज्ञ बिहीबारदेखि सुरु भएको छ । फाउण्डेसनको आयोजनामा भएको कार्यक्रममा वैदिक विज्ञान र आधुनिक विज्ञानका बारेमा प्रस्तुतिसहितका कार्यक्रमका बारेमा छलफल भएको उहाँले बताउनुभयो ।

    तपाइको प्रतिक्रिया राख्नुहोस्

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर