• वैशाख १८, २०८१ मंगलबार
    30 Apr, 2024, Tuesday

    जर्मनीविरूद्ध जापानकाे ऐतिहासिक जित


    २०७९ मंसिर ७, बुधबार

    २०७९ मंसिर ७, बुधबार

    खेलको प्रारम्भमा पछाडि परेको जापानले अन्त्यतिर दुई गाेल गर्दै जर्मनीलाई विश्वकप २०२२ काे पहलाे खेलमा २-१ ले पराजित गरेकाे छ।

    चारपल्टकाे विश्वकप विजेता जर्मनीले लगातार दाेस्राेपल्ट विश्वकपकाे पहिलाे खेलमा हार बेहोरेको हाे । उसलाई रूसमा सन् २०१८ मा मेक्सकाेले १-० ले पराजित गरेकाे थियाे । जापानले जर्मनीविरूद्व अन्तर्राष्ट्रिय फुटबलमै पहिलाे जित रचेकाे हाे ।

    खलिफा अन्तर्राष्ट्रिय रंगशालामा भएकाे खेलमा इकाय गुन्डाेगनकाे पेनाल्टी गाेलमा जर्मनीले ३३ औं मिनेटमा १-० काे अग्रता लिएकाे थियाे ।

    रित्सु डाेआनले रिबाउन्डमा गाेल गर्दै ७५ औं मिनेटमा १-१ काे बराबरीमा पुर्‍याएका थिए । ताकुमा आसानाेले ८३ औं मिनेटमा उत्कृष्ट फिनिसिङ गर्दै जापानलाई २-१ ले अगाडि बढाए । जर्मन क्लबमा आवद्ध यी दुवै गाेलकर्ता सब्स्टच्युटकाे रुपमा मैदानमा प्रवेश गरेका हुन् ।

    पहिलाे हाफमा आक्रामक प्रदर्शन गरेकाे जर्मनीले थुप्रै अवसर सिर्जना गरे पनि थप गाेल गर्न सकेन । कमजाेर देखिएकाे जापानले पनि दुई अवसर पाएकाे थियाे तर उपयाेग गर्न सकेन । दाेस्राे हाफमा पनि जर्मनी बलियाे देखिएकाे थियाे । तर, फिनिसिङमा जापानी खेलाडी प्रभावशाली भए ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर