• माघ ६, २०८१ आइतबार
    19 Jan, 2025, Sunday

    एयर इन्डिया एक्सप्रेस दुर्घटनाः १६ जनाको निधन, १२३ बढी घाइते (अपडेट)


    २०७७ श्रावण २४, शनिबार
    एयर इन्डिया एक्सप्रेस दुर्घटनाः १६ जनाको निधन, १२३ बढी घाइते (अपडेट)

    २०७७ श्रावण २४, शनिबार

    एजेन्सी । एयर इन्डिया एक्सप्रेसको एक विमान दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । भारतको केरलाको कोझिकोड एयरपोर्ट छेउमा भएको उक्त विमान दुर्घटनामा कम्तिमा पाइलटसहित १६ जनाको मृत्यु भएको हो । मृतकको संख्या बढ्न सक्ने भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । दुर्घटना १२३ जनाभन्दा बढी घाइते भएको जनाइएको छ ।

    दुवईबाट आइरहेको सो विमानमा चालक दलका सदस्यसहित १९१ जना सवार रहेका थिए जसमा १ सय ७४ जना यात्रु (१० बच्चा) समेत रहेका थिए । इयर इन्डिया एक्सप्रेस कम्पनी विमान दुर्घटनामा परेको सामाजिक सञ्जाल ट्वीटमार्फत पुष्टि गरेको छ ।

    त्यस्तै भारतीय उड्डयन मन्त्रालयका अनुसार शुक्रबार साँझ ७ बजेर ४१ मिनेटमा विमान दुर्घटनामा परेको जनाएको छ । विमान ल्यान्ड गर्ने क्रममा रनवेबाट बाहिर गएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार घाइते यात्रुको उद्धार कार्य जारी छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटमार्फत विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर