• माघ २९, २०८१ मंगलबार
    11 Feb, 2025, Tuesday

    डिआईको ठक्करबाट एकको मृत्यु


    २०८० मंसिर १६, शनिबार
    डिआईको ठक्करबाट एकको मृत्यु

    २०८० मंसिर १६, शनिबार

    धुलिखेल नगरपालिका–११ पात्लेखेतस्थित बिपी राजमार्गमा डिआईको ठक्करबाट एक पैदल यात्रुको ज्यान गएको छ ।

    शनिवार बिहान बिपी राजमार्ग हुँदै भकुन्डेबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ च ८५९२ नम्बरको योद्धा नामको डिआईको ठक्करबाट स्थानीय ५० वर्षीय यमुनाप्रसाद धितालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

    सडक छेउमा पैदल हिँडिरहनु भएका धिताललाई शनिवार बिहान अन्दाजी ६ः१० मा उक्त डिआईएले ठक्कर दिएको थियो । डिआईको ठक्करबाट घाइते धितालको उपचारको क्रममा बिहान ६ः५५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने डिआई गाडीका चालक र डिआई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर