• फागुण ६, २०८१ मंगलबार
    18 Feb, 2025, Tuesday

    कक्षा १२ को शुल्क बुझाउन नसकेपछि धादिङमा १९ वर्षिय किशोरद्वारा आत्महत्या, प्रहरीमा उजुरी


    २०८० वैशाख २५, सोमबार
    कक्षा १२ को शुल्क बुझाउन नसकेपछि धादिङमा १९ वर्षिय किशोरद्वारा आत्महत्या, प्रहरीमा उजुरी

    २०८० वैशाख २५, सोमबार

    धादिङको ज्वालामुखि गाउँपालिका ७ चैनपुरस्थित सालबास माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत एक विद्यार्थीले आत्महत्या गरेका छन् ।

    चैनपुर ७ कै १९ वर्षिय जित बहादुर बयलकोटीले आत्महत्या गरेका हुन् । आर्थिक अभावले पीडित परिवारका अनुसार कक्षा १२ को परिक्षाको तयारीमा रहेका बयलकोटीसँग परिक्षा शुल्क तिर्ने रकम समेत थिएन ।

    भोली अर्थात वैशाख २६ गतेदेखि शुरु हुने परिक्षाका लागि विद्यार्थीले परिक्षा शुल्क तिरेर प्रवेश पत्र लिनुपर्छ तर, उनीसँग उक्त शुल्क नभएपछि विद्यालयका प्रधानाध्यापक बलाराम ईटनीले प्रवेश पत्र दिएका थिएनन् ।

    जिल्ला प्रहरी कार्यालयमा पीडित परिवारले दिएको उजुरी अनुसार इटनीले पहिले पैसा ल्याउ अनि भोली प्रवेश पत्र लिएर जाउ भनेपछि घर गएका बयलकोटीले सोही रात आत्महत्या गरेका हुन् ।

    पीडित परिवारले प्रधानाध्यापक इटनीकै कारण बयलकोटीले आत्महत्या गरेको दाबी गरेका छन् । उनीहरुले उनी विरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिने समेत तयारी गरेका छन् ।

    तर, विभिन्न राजनीतिक दलको पहुँचमा रहेका इटनी विरुद्ध जाहेरी स्विकार गर्न प्रहरी तयार हुनेमा पीडित परिवारको शंका छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर