• फागुण ५, २०८१ सोमबार
    17 Feb, 2025, Monday

    सिन्धुपाल्चोकमा बस दुर्घटना हुदाँ २६ जना घाइते


    २०७८ भाद्र ९, बुधबार
    सिन्धुपाल्चोकमा बस दुर्घटना हुदाँ २६ जना घाइते

    २०७८ भाद्र ९, बुधबार

    काठमाडौं । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकामा बुधबार यात्रुवाहक बस दुर्घटना भएको छ ।

    सुनकोसी गाउँपालिकाको ठोकर्पा भन्ने ठाउँबाट काठमाडौंको लागि छुटेको बा ३ ख ८०३० नम्बरको बस सुनकोसी – ३, थापागाउँ भन्ने स्थानमा बिहान करिब ११ बजेर १० मिनेटमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी दक्षबहादुर बस्नेतले जानकारी दिए ।

    दुर्घटनामा २४ जना घाइेतको उद्धार गरिएको र दुईजना गाडीले थिचिएको अवस्थामा रहेको डीएसपी बस्नेतले बताए । घाइतेमध्ये नौ जनालाई उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल पुर्‍याईएको छ ।

    १५ जनालाई भने सिन्धुपाल्चोक कै खाडीचौरस्थित सिन्धु सदाबहार अस्पतालमा उपचार भईरहेको बताईएको छ । प्रहरी र स्थानीयवासीद्वारा घाईतेहरुको उद्धार कार्य भइरहेको डीएसपी बस्नेतले जानकारी दिए ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर