• वैशाख १७, २०८१ सोमबार
    29 Apr, 2024, Monday

    यी हुन् टाइफाइड रोगका लक्षण र घरेलु उपचार


    २०८० पुष १६, सोमबार

    २०८० पुष १६, सोमबार

    काठमाण्डौंः टाइफाइड एक संक्रामाक रोग हो, जो कलेजोको कमजोरीले निम्त्याउँछ । टाइफाइडको कारण शरीरमा ज्वरो आउँछ र शरीरको सबै हिस्सामा पीडा हुन थाल्छ । यो ज्यान लिने रोग हो, यदि समयमै उपचार गर्न सकिएन भने ।

    कस्तो हुन्छ लक्षण

    – पेट तथा टाउको दुख्नु
    – अचानक ज्वरो आउनु, बान्ता हुनु
    – अत्याधिक पसिना आउनु र टाउको चिसो महसुष हुनु
    – कब्जियत हुनु र कमजोरी महसुष हुनु

    किन हुन्छ टाइफाइड

    टाइफाइड शरीरमा संक्रमणको कारण हुन्छ । यसर बिस्तारै कलेजोमा नोक्सान पुर्‍याउँछ र पुरै शरीरलाई असर गर्छ ।
    – पहिलो कारण फोहोर एवं दुषित पानीको सेवन तथा नुहाउनु
    – दुषित पानीले खाना बनाउनु ।
    – दुषित पानीले फल एवं सब्जी धुनु
    – साथै टाइफाइटग्रस्त व्यक्तिसँगको संगतले अर्को व्यक्तिमा यो रोग सर्छ ।

    के छ घरेलु उपचार

    सकेसम्म त रोग लाग्न नदिन सतर्कता अपनाउनु पर्छ । फाहोर एवं दुषित पानी पिउनु हुँदैन । त्यस्तो पानी प्रयोग गरेको फलफूल, सब्जी सेवन गर्नु हुँदैन । गर्मी याममा बाहिर पाइने खानेकुरा पनि सेवन गर्नु राम्रो हुदैन ।

    तुलसी र मरिच प्रयोग

    टाइफाइडका रोगीलाई तुलसी एकदमै फाइदाजनक हुन्छ । मरिचको पाँच दाना र चार पत्ता तुलसीलाई पिसेर पेस्ट तयार गर्ने । यस पेस्टलाई पानीसँग मिलाएर पिउनुपर्छ ।

    गाजर :टाइफाइडको रोगमा गाजरको रस सेवन गर्नु लाभदायक हुन्छ । साथै काचो गाजर सेवन गर्दा पनि फाइदा हुन्छ ।

    लसुन : टाइफाइडले कलेजोमा नराम्ररी संक्रमण गर्छ । यस्तो अवस्थामा लसुनको दुई, चार पोटी भुटेर खाली पेटमा खान दिनु पर्छ ।

    अदुवा एवं स्याउ : स्याउ र अदुवाको जुस पनि टाइफाइड रोगीले सेवन गर्दा राम्रो हुन्छ ।

    महको प्रयोग : टाइफाइटबाट बच्ने निकै राम्रो औषधी हो, मह । एक कप तातो पानीमा दुई चम्चा जति मह मिसाएर पिउनुपर्छ ।

    पुदिना :पुदिनाले ज्वरो ठिक गछए । टाइफाइडको कारण कसैलाई उच्च ज्वरो आयो भने एक कप पानीमा पुदिना र अदुवाको रस मिसाएर पिउन दिनुपर्छ ।

    सावधानी

    १, सधै स्वच्छ पानी पिउनुपर्छ । पानीलाई राम्ररी उमालेर चिसो भएपछि पिउने ।
    २, खाना खानुअघि राम्ररी हात धुने ।
    ३, जतिसक्दो, ताजा र पौष्टिक आहारा लिने । भुटेको, तारेको खानेकुरा नखाने । मासु नखाने । -एजेन्सी

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर