• जेठ २, २०८१ बुधबार
    15 May, 2024, Wednesday

    भूकम्प पीडितका लागि तरुण दलले गर्यो काठमाडौँमा रक्तदान कार्यक्रम


    २०८० कार्तिक २०, सोमबार

    २०८० कार्तिक २०, सोमबार

    काठमाडौंः नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलको आयोजनामा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

    सोमबार भृकुटीमण्डपमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १ सय ७ जनाले रक्तदान गरेका हुन् ।

    तरुण दलका केन्द्रीय सदस्य निरञ्जन थापाका अनुसार  भूकम्पमा परेका घाइतेको उपचारका लागि रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

    “हालै जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परेर घाइते र उपचारका क्रममा रगत अभाव नहोस् भन्ने हेतुले हामीले यो कार्यक्रम गरेका हौँ,” थापाले भने ।

    भूकम्प प्रभावित क्षेत्रमा राहत वितरणका लागि नगद सङ्कलनको कार्य पनि भइरहेको तरुण दलले जनाएको छ ।

    गत शुक्रवार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय भएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर