• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    डा. गोविन्द केसीद्वारा घोषित सत्याग्रह स्थगित


    २०८० भाद्र २९, शुक्रबार

    २०८० भाद्र २९, शुक्रबार

    काठमाडौं : डा. गोविन्द केसीले आज(शुक्रबार) देखि गर्ने भनेको सत्याग्रह स्थगित भएको छ। सरकारका प्रतिनिनिधिसँगको छलफलमा आफ्ना माग तीन महिनाभित्र सम्बोधन गर्ने भनेपछि सत्याग्रह हाललाई स्थगित भएको डा केसीले जनाएका छन्।

    डा केसीले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएका छ, ‘हामीले विभिन्न मागहरु राखी यही साउन २९ गतेदेखि सत्याग्रह राखेकोमा सरकारका विभिन्न प्रतिबद्धताहरुपछि त्यसलाई भदौ २९ गतेसम्म सारेका थियौं।

    हालैका दिनमा शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिवहरुलगायतका कर्मचारीहरुसितको भेटघाटमा पदाधिकारी नियुक्तिका मापदण्ड कायम गर्नका लागि कानुनी व्यवस्था गर्ने, एकीकृत प्रतिष्ठान ऐन जारी गर्ने, सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान पुर्‍याउने लगायतका कामहरुका लागि तीन महिनाको समय मागिएको छ।

    साथै चिकित्सा शिक्षा आयोगका नवनियुक्त उपाध्यक्षले आफू दलीय आबद्धता र स्वार्थको द्वन्द्वबाट टाढा रहेको तथा चिकित्सा शिक्षा ऐन र नियमावली अनुसार पदीय दायित्व निर्वाह गर्न प्रतिबद्ध रहेको सार्वजनिक वचनवद्धता प्रकट गर्नुभएको छ जुन स्वागतयोग्य छ। यो अवस्थामा भदौ २९ गते घोषित सत्याग्रह तीन महिनाका लागि स्थगित गरेका छौं।’

    सबै खाले गलत काम गर्ने राजनीतिज्ञहरु र खास गरी सत्ता र प्रतिपक्षमा हुने मुख्य राजनीतिक दलका शीर्ष नेताहरुलाई जवाफदेही नबनाइ नेपालमा दण्डहीनताको अन्त संभव नभएको भन्दै विज्ञप्तिमा डा केसीले उनीहरुलाई जवाफदेही बनाउन जिम्मेवार नागरिकले मुल भूमिका खेल्नु पर्ने बताएका छन्।

    केसीले चिकित्सा शिक्षा सुधारको माग गर्दे विभिन्न अभियान संचालन गर्दै आएका छन्।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर