• असार २६, २०८२ बिहिबार
    10 Jul, 2025, Thursday

    बाढी प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेसको आग्रह


    २०८२ असार २४, मंगलबार
    बाढी प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेसको आग्रह

    २०८२ असार २४, मंगलबार

    Article Summary

    • काठमाण्डौंः नेपाली कांग्रेसले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीले गरेको क्षतिप्रति दुःख व्यक्त गरेको छ । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै तीन प्रहरीसहित १५ नागरिक बेपत्ता भएको घटना अत्यन्तै दुःखद रहेको जनाएको छ । नेपाल–चीन जोड्ने मितेरी पुल एवं भन्सार क्षेत्रमा रहेका कन्टेनर र अन्य मोटर बगाउँदा करोडौँको क्षति भएको उल्लेख गर्दै कांग्रेसले विपत्तिको समयमा उद्धार कार्यलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । कांग्रेसले वर्षाको समयमा हरेक वर्ष बाढी पहिरोको प्रकोप सामना गर्नु परेको र बेमौसममै पनि गत वर्ष असोज १२ मा गम्भीर विपत्ति ब्यहोर्नु परेको स्मरण गराउँदै ऐक्यवद्ध ढङ्गले प्रकोप सामनामा व्यवस्थित योजना साथ तत्पर रहन तिनै तहको सरकारलाई आग्रह गरेको छ ।  

    काठमाण्डौंः नेपाली कांग्रेसले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीले गरेको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

    कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै तीन प्रहरीसहित १५ नागरिक बेपत्ता भएको घटना अत्यन्तै दुःखद रहेको जनाएको छ ।

    नेपाल–चीन जोड्ने मितेरी पुल एवं भन्सार क्षेत्रमा रहेका कन्टेनर र अन्य मोटर बगाउँदा करोडौँको क्षति भएको उल्लेख गर्दै कांग्रेसले विपत्तिको समयमा उद्धार कार्यलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

    कांग्रेसले वर्षाको समयमा हरेक वर्ष बाढी पहिरोको प्रकोप सामना गर्नु परेको र बेमौसममै पनि गत वर्ष असोज १२ मा गम्भीर विपत्ति ब्यहोर्नु परेको स्मरण गराउँदै ऐक्यवद्ध ढङ्गले प्रकोप सामनामा व्यवस्थित योजना साथ तत्पर रहन तिनै तहको सरकारलाई आग्रह गरेको छ ।

     

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर