• चैत्र ६, २०८१ बुधबार
    19 Mar, 2025, Wednesday

    विद्यार्थीले जलाए कोशी प्रदेश योजना आयोगको गाडी


    २०८१ जेठ २७, आइतबार
    विद्यार्थीले जलाए कोशी प्रदेश योजना आयोगको गाडी

    २०८१ जेठ २७, आइतबार

    विराटनगर । महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीहरूले कोशी प्रदेश योजना आयोगको गाडीमा आगजनी गरेका छन् ।

    आइतबार बिहान विद्यार्थीहरूले क्याम्पस अगाडि सडकमा गुडिरहेको प्रदेश योजना आयोगको गाडीमा तोडफोड गरी आगजनी गरेका हुन् ।

    रंगेली नगरपालिकामा तोडफोड र नगर प्रहरी माथि आक्रमण गरेको आरोपमा मोरङ प्रहरीले शुक्रबार ६ जना विद्यार्थीलाई पक्राउ गरेको थियो ।

    प्रहरीले अभद्र व्यवहारको मुद्दामा कारबाही अघि बढाएको भन्दै विद्यार्थीहरूले गाडी तोडफोड गरी आगजनी गरेको हो ।

    विद्यार्थीले अन्य ५ वटा सरकारी गाडीमा पनि तोडफोड गरेका प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर