• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त


    २०८१ वैशाख २१, शुक्रबार

    २०८१ वैशाख २१, शुक्रबार

    काठमाडौंः सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. हेमराज पन्त नियुक्त भएका छन् ।

    विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार पन्तलाई उपकुलपति नियुक्त गरेका हुन् ।

    उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले मंगलबार सुदूरपश्चिम विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि प्रा. डा. हेमराज पन्त, प्रा. डा. अक्कलदेव मिश्र र प्रा. डा. भवानीदत्त जोशीको नाम सिफारिस गरेको थियो ।

    योग्यताक्रमको आधारमा पन्तलाई उपकुलपतिमा नियुक्त गरिएको  प्रधानमन्त्री कार्यालयले जनाएको छ । पन्त पुल्चोक इन्जिनियरिङ क्याम्पसको अप्लाइड साइन्स एन्ड केमिकल इन्जिनियरिङ विभागका विभागीय प्रमुख हुन् ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर