• वैशाख २१, २०८१ शुक्रबार
    03 May, 2024, Friday

    ४ वर्षे स्नातक तह दोस्रो वर्षको परीक्षा आवेदन खुल्यो


    २०८१ वैशाख १०, सोमबार

    २०८१ वैशाख १०, सोमबार

    काठमाण्डौः त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४ वर्षे स्नातक तह दोस्रो वर्षको परीक्षा आवेदन फारम खुला गरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले सोमबार एक सुचना प्रकाशित गरि आवेदन खुला गरेको हो ।

    त्रिविद्धारा सोमबार जारी सूचनामा २०८१ साल बैशाख १६ गतेदेखि संचालन हुने ४ वर्षे स्नातक तह दोस्रो वर्षको परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा आवेदन फाराम भर्न छुट भएका विद्यार्थीहरुलाई मौका सहित एक दिनको समय उपलब्ध गराएको जनाएको छ ।

    जारी सूचनामा भोलि मिति २०८१ साल बैशाख ११ गते १ दिनको लागि Online Server खोलिने भएकोले सम्बन्धित सबै क्याम्पसहरुलाई छुट भएका फाराम इन्ट्री गर्न सूचित गरेको छ ।

     

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर