• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    शैक्षिक गुणस्तर वृद्धि गर्न सामुदायिक विद्यालय अनुगमन गरिने


    २०८० मंसिर १७, आइतबार

    २०८० मंसिर १७, आइतबार

    काठमाण्डौंः ओखलढुङ्गा जिल्लामा शैक्षिक गुणस्तर वृद्धि गर्न सामुदायिक विद्यालयहरूको प्रभावकारी अनुगमन गरिने भएको छ । जिल्ला शिक्षा समिति ओखलढुङ्गाले सामुदायिक विद्यालयको शैक्षिक स्तर बढाउन नियमित अनुगमन गर्ने निर्णय गरेको हो ।

    स्थानीय तहहरूसँगको समन्वयमा सामुदायिक विद्यालयहरूको अनुगमनलाई प्रभावकारी बनाइने निर्णय भएको समितिका सदस्य राजकुमार ढुङ्गानाले जानकारी दिनुभयो । जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख तारादेवी कार्कीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको ढुङ्गानाको भनाइ छ ।

    यसका साथै शिक्षक सेवा आयोगबाट छनौट भई सिफारिस भएका १२ जना शिक्षकहरूलाई पदस्थापन गर्ने निर्णय भएको छ । कक्षा ११ का परीक्षा केन्द्रहरूको हेरफेरबारे पनि समितिले शिक्षा विकास तथा समन्वय इकाईलाई सिफारिस गरेको छ । केही विद्यालयका विद्यार्थीका लागि परीक्षा केन्द्र अपायक परेको गुनासो आएपछि हेरफेरका लागि सिफारिस गरिएको बताइएको छ ।

    बैठकमा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नेत्रप्रसाद गजुरेल लगायत सरोकारवालाहरूको सहभागिता थियो ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर