• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    नेपाल भारत महिला मैत्री समाजले नेपाली जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने


    २०८० कार्तिक १८, शनिबार

    २०८० कार्तिक १८, शनिबार

    काठमाडौंः नेपाल–भारत महिला मैत्री समाजले जेहेन्दार नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

    भारतको विहार राज्यस्थित गान्धी एजुकेशन ट्रष्ट र बुद्ध इष्टिच्युट अफ टेक्नोलोजीसँगको सहकार्यमा समाजले २२ जना नेपाली विद्यार्थीलाई प्रदान गर्ने जनाएको छ । नेपालीलाई छात्रवृत्ति प्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    तीनवटै संस्थाले आज संयुक्तरूपमा पत्रकार सम्मेलन गरेर जेहेन्दार विद्यार्थी उच्च शिक्षा हासिल गर्नबाट वञ्चित नहुन् भन्ने उद्देश्यले बुद्ध इष्टिच्युट अफ टेक्नोलोजीले ११ जनालाई डिप्लोमा इन इञ्जिनियरिङ र अन्य ११ जनालाई ब्याचलर इन टेक्नोलोजी उपाधि हासिल गर्न छात्रवृत्ति प्रदान गर्ने प्रतिबद्धता गरेका हुन् ।

    उक्त पत्रकार सम्मेलनमा समाजकी अध्यक्ष चन्दा चौधरीले नेपाली जेहेन्दार विद्यार्थी जो पढ्न इच्छुक भएको तर आर्थिक अवस्था कमजोर भएका कारण पढ्न नसकेका विद्यार्थीको लागि भारतका प्रतिष्ठित शैक्षिक संस्थाहरुसँग छात्रवृतिको लागि पहल गरेको बताउनु भयो ।

    यस संस्थाले भविष्यमा पनि अन्तराष्टिय शैक्षिक संस्थाहरुसँग नेपाली विद्यार्थीको लागि पूर्ण छात्रवृतिको पहल गर्ने बताउनु भयो । आगामी शैक्षिक वर्षदेखि उक्त छात्रवृत्ति प्रदान गरिने पनि उहाँले बताउनु भयो ।

    बुद्ध इष्टिच्युट अफ टेक्नोलोजीका अध्यक्ष इ.अवदेश कुमार र गान्धी एजुकेशन ट्रष्ट सचिव डा. राजिवकुमार जैसवालले छात्रवृति सम्बन्धी आफ्नो भनाई राख्नु भएको थियो । समाज र दुवै शैक्षिक प्रतिष्ठानबीच त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर समेत भएको हो ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर