• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    सरकार र आन्दोनरत शिक्षकबीच सात बुँदे सहमति


    २०८० असोज १२, शुक्रबार

    २०८० असोज १२, शुक्रबार

    काठमाडौंः आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच सात बुँदे सहमति भएको छ। शुक्रबार दिउँसो मन्त्रालयमा बसेको वार्ताबाट आन्दोलनरत शिक्षक र मन्त्रालयबीच उक्त सहमति भएको हो ।

    बैठकमा मन्त्रालयको तर्फबाट शिक्षामन्त्री अशोक राई, शिक्षा राज्यमन्त्री, सचिव  तथा आन्दोलनरत शिक्षकका तर्फबाट पाँच घटकका प्रतिनिधिहरु सहभागी थिए ।

    सहमतिसँगै शिक्षकले विरोधका सबै कार्यक्रम फिर्ता लिएका छन् । सरकारले विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गराएपछि नेपाल शिक्षकहरू असोज ३ गतेदेखि विद्यालय बन्द गरेर आन्दोलनमा आएका थिए ।

    गत शुक्रबार पनि सरकारले आन्दोलनको आह्रान गर्ने नेपाल शिक्षक महासंघसँग ७ बुँदे सहमति गरेपछि आन्दोलन स्थगित गरेको थियो।

     

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर