• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    एमबिबिएस अध्ययनका लागि १५ लाख छात्रवृत्ति


    २०८० असार २३, शनिबार

    २०८० असार २३, शनिबार

    काठमाण्डौंः जुम्लाको तातोपानी गाउँपालिकाले पालिकाभित्रका जेहेन्दार, दलित तथा अल्पसङ्ख्यक छात्रछात्रालाई एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

    गाउँपालिकाको आव २०८०/८१ को नीति, कार्यक्रम र बजेटमा यहाँका विद्यार्थीले मान्यता प्राप्त शिक्षण संस्थाबाट एमबिबिएस अध्ययनका लागि प्रवेश परीक्षा उत्तीर्ण भएको खण्डमा उक्त विद्यार्थीलाई पहिलो वर्षको पढाइ खर्चका लागि प्रत्येक वर्षमा एक जनालाई एमबिबिएस छात्रवृत्ति शीर्षकमा रु १५ लाख रकम विनियोजन गरिएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताउनुभयो ।

    एमबिबिएस अध्ययन गर्नलाई एक वर्षको अध्ययन शुल्कमा प्रति वर्ष एक जना विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति पालिकाले उपलब्ध गर्ने अध्यक्ष चौलागाईंको भनाइ छ ।

    एमबिबिएस प्रवेश परीक्षामा पास भएका तातोपानीका विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले जानकारी दिनुभयो ।

    एमबिबिएस पढिसकेपछि कम्तीमा दुई वर्षसम्म निःशुल्क पाँच शय्याको अस्पतालमा सेवा दिने गरेर कार्यविधि बनाउन लागिपरेको गाउँपालिका अध्यक्ष चौलागाईंको भनाइ छ ।

    पालिकाका प्रत्येक माध्यमिक स्तरका सामुदायिक विद्यालयमा नर्सिङ सेवा सञ्चालनका लागि नीति तथा कार्यक्रम ल्याइएको तातोपानी गाउँपालिकाले जनाएको छ । यसअघि जिल्लाको पातारासी गाउँपालिकाले एमबिबिएस अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । रासस

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर