• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    सुनको मूल्य घट्याे, चाँदीको बढ्यो


    २०८१ जेठ १, मंगलबार

    २०८१ जेठ १, मंगलबार

    काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ७०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार ७५० रुपैयाँमा कारोबार भैइरहेको छ।

    यसअघि सोमबार सुन तोलामा १ लाख ३८ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार ४५० रुपैयाँ थियो।

    त्यसैगरी आज चाँदीको मूल्य भने बढेको छ। महासंघका अनुसार चाँदीको तोलामा २५ रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य तोलामा १७ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर