• असोज २८, २०८२ मंगलबार
    14 Oct, 2025, Tuesday

    कांग्रेस केन्द्रीय समिति बैठक आज सानेपामा, सभापति देउवा पहिलोपटक सार्वजनिक हुँदै


    २०८२ असोज २८, मंगलबार
    कांग्रेस केन्द्रीय समिति बैठक आज सानेपामा, सभापति देउवा पहिलोपटक सार्वजनिक हुँदै

    २०८२ असोज २८, मंगलबार

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ।

    बैठकमा जेन–जी आन्दोलनपछिको राजनीतिक परिस्थिति, पार्टीको आगामी रणनीति र महाधिवेशन तयारीबारे छलफल हुने कांग्रेसले जनाएको छ।

    गत भदौ २४ गते आफ्नै निवास बूढानीलकण्ठमा आक्रमणमा परी घाइते भएका सभापति शेरबहादुर देउवा पनि आजको बैठकमा सहभागी हुनेछन्। उक्त घटनापछि देउवा पहिलोपटक सार्वजनिक हुँदैछन्।

    केन्द्रीय समिति बैठकका एजेण्डा टुंग्याउन कार्यसम्पादन समितिको बैठक बिहान ११ बजे बोलाइएको छ। बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश सभापतिहरू सहभागी हुनेछन्।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर