• पुष २२, २०८२ सोमबार
    05 Jan, 2026, Monday

    नागरिक असन्तुष्टिलाई सम्बोधन गर्नुपर्छ : कांग्रेस प्रवक्ता महत


    २०८२ पुष १७, बुधबार
    नागरिक असन्तुष्टिलाई सम्बोधन गर्नुपर्छ : कांग्रेस प्रवक्ता महत

    २०८२ पुष १७, बुधबार

    काठमाण्डौँ, १६ पुस : नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले नागरिक असन्तुष्टिलाई शान्तिपूर्ण तरिकाले सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

    नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य–सामूहिक पहल’ कार्यक्रममा महतले सुशासन र स्थिरताबिना समृद्धिको परिकल्पना गर्न नसकिने बताउनुभयो । “असन्तुष्टि प्रकट हुनु स्वाभाविक हो । तर त्यसको अभिव्यक्ति पनि शान्तिपूर्ण हुनुपर्छ, र सरकारको प्रतिक्रिया पनि शान्तिपूर्ण तथा कानुनी प्रक्रियाभित्रै सीमित हुनु अत्यावश्यक छ,” उहाँले भन्नुभयो ।

    महतले गत भदौ २३ र २४ गतेको विरोध प्रदर्शनका आडमा भएका हिंसालाई कुनै पनि बहानामा वैधानिकीकरण गर्न नहुने बताउनुभयो । ती घटनाबाट राष्ट्रले ठूलो आर्थिक र मनोवैज्ञानिक क्षति बेहोर्नु परेको उल्लेख गर्दै महतले लगानीकर्ताको विश्वास घटेको र पुँजी पलायनको सम्भावना बढ्दै गएको बताउनुभयो ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर