• माघ ६, २०८२ सोमबार
    19 Jan, 2026, Monday

    रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किने


    २०८२ पुष ५, शुक्रबार
    रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किने

    २०८२ पुष ५, शुक्रबार

    काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किने भएका छन् ।

    रास्वपाले आज एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो ।

    विज्ञप्तिमा उल्लेख गरिएको छ ‘कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी सभापतिज्यू तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किनुहुने ब्यहोरासमेत अवगत गराउँछौँ ।’

    पार्टीले उच्च अदालत तुलसीपुरको बुटवल इजलासले हिजो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशप्रति सम्मान व्यक्त गर्ने जनाएको छ ।

    सभापति लामिछानेमाथि लगाइएका झुटा मुद्दाहरू हाल यथावत् रहेको र यी मुद्दाहरू तत्कालीन निरंकुश सरकारले सुरु गरेको राजनीतिक प्रतिशोधको श्रृङ्खला भएको बताइएको छ ।

    अहिलेको नागरिक सरकारले आवश्यक कदम चाली यो प्रतिशोधको श्रृङ्खलालाई पूर्णविराम लगाउने छ भन्ने पार्टीले विश्वास लिएको विज्ञप्तिमा उल्लेख छ ।

    May be an image of text

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर