• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    स्वास्थ्य क्षेत्रमा बजेटको कमी हुन दिन्नौँ’- मन्त्री यादव


    २०८१ जेठ ११, शुक्रबार

    २०८१ जेठ ११, शुक्रबार

    काठमाडौँः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य क्षेत्रमा बजेट कमी हुन नदिन प्रतिबद्धता व्यक्त गर्नुभएको छ । स्वास्थ्य सेवा विभागको आज निरीक्षण गर्दै उहाँले स्वास्थ्य संवेदनशील क्षेत्र रहेकाले बजेट बढाउन पहल गरिरहेको बताउनुभयो ।

    “तपाईहरु काम गर्नुस् । बजेटको कमी हुन दिने छैन । मैले यसबारे अर्थ मन्त्रालयसँग निरन्तर छलफल गरिरहेको छु । बजेटको सिलिङ बढ्छ”, मन्त्री यादवले भन्नुभयो । स्वास्थ्य मन्त्रालयअन्तर्गतका प्रत्येक विभाग, महाशाखा र केन्द्रका लागि पर्याप्त बजेटको व्यवस्थापन गरिने उहाँले उल्लेख गर्नुभयो ।

    मन्त्री यादवले महामारी जहिल्यै पनि आउन सक्ने र यसका लागि तयारी अवस्थामा रहन सबैलाई आग्रह गर्नुभयो ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर