• वैशाख १७, २०८१ सोमबार
    29 Apr, 2024, Monday

    देशब्यापी स्वास्थ्य बिमा कार्यक्रम शुरु


    २०८० चैत्र २५, आइतबार

    २०८० चैत्र २५, आइतबार

    काठमाडौं, चैत २५ गते। आइतबारबाट ७५३ वटै स्थानीय तह स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ।

    आठौँ स्वास्थ्य बिमा वार्षिकोत्सवको अवसरमा स्वास्थ्य बिमा कार्यक्रम लागु हुन बाँकी रहेको अन्तिम पालिका काठमाडौँको बुढानीलकण्ठ नगरपालिकामा लागुभएसँगै  कार्यक्रम देशव्यापी सुरु भएको हो।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार बुढानीलकण्ठ नगरपालिकाका ज्येष्ठ नागरिकलाई बिमा प्रमाणपत्र हस्तान्तरण गर्दै सो नगरपालिकामा कार्यक्रम सेवा सुरु गरिएको हो। बिमा कार्यक्रम आठ वर्ष अघि कैलालीबाट सुरु भएको थियो।

    बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाका अनुसार ७७ लाख ४१ हजार ४८३ जना अर्थात् कुल जनसङ्ख्याको २६.५४ प्रतिशत मात्रै स्वास्थ्य बिमामा आबद्ध छन्। यसमध्ये करिब २२ प्रतिशत सरकारले प्रिमियम तिरिदिने लक्षित वर्गहरू समावेश छन्। कुल बिमित परिवारको सङ्ख्या २३ लाख ९२ हजार ७६६ पुगेको छ।

    स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले सरकारी निकायका कर्मचारीलाई समेत स्वास्थ्य बिमा अनिवार्य गर्ने तयारी भइरहेको जानकारी दिनुभयो।

    बोर्डले नागरिक आबद्धता बढाउने योजना अनुरूप अनलाइनबाट स्वास्थ्य बिमामा आबद्धता हुन मिल्ने प्रणाली सुरु गर्दैछ।आगामी १ वैशाख देखि कार्यान्वयनमा आउने यो प्रणालीले व्यक्तिले अनलाइन सिस्टममा आफ्ना विवरण पेस गरी रकम तिरेपछि सदस्यता बन्न सक्ने डा।लोहनीले जानकारी दिनुभयो।

    उहाँका अनुसार अनलाइन दर्ता हुन मिल्ने गरी सफ्टवेयर निर्माण भइसकेको छ। सरकारले आगामी १० वर्ष भित्र अर्थात् विसं २०९० सालसम्ममा सबै नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गर्ने लक्ष्य लिएको छ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर