• जेठ २, २०८१ बुधबार
    15 May, 2024, Wednesday

    गोरखाका ४० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुस्टि


    २०८० माघ ३, बुधबार

    २०८० माघ ३, बुधबार

    काठमाण्डौंः गोरखामा एक व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    गोरखा अस्पतालमा उपचारका लागि आएका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी लिपासा श्रेष्ठले जानकारी दिइन् ।

    सहिद लखन गाउँपालिका–७ बुङकोट स्थायी घर भएका ४० वर्षीय पुरुषमा सोमबार सङ्क्रमण पुष्टि भएको उनले बताइन् ।

    ती पुरुष ज्वरो र रुघाखोकी समस्या देखिएपछि उपचारका लागि गोरखा अस्पताल आइपुगेका थिए । सङ्क्रमितको अवस्था सामान्य रहेको र उनलाई अहिले होम आइसोलेसनमा राखिएको सूचना अधिकारी श्रेष्ठले बताइन् ।

    सङ्क्रमित व्यक्ति भरतपुरबाट गोरखा आएका थिए ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर