• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    सुर्तीजन्य उत्पादनमा प्रतिबन्ध लगाउन संसारभरका सबै देशलाई डब्ल्यूएचओको आग्रह


    २०८० मंसिर २९, शुक्रबार
    world health organization (WHO) - विश्व स्वास्थ्य सङ्गठन(डब्ल्यूएचओ)

    २०८० मंसिर २९, शुक्रबार

    काठमाडौं – विश्व स्वास्थ्य सङ्गठन(डब्ल्यूएचओ) ले संसारभरका सबै देशहरूलाई सुर्तीजन्य उत्पादनहरूमा प्रतिबन्ध लगाउन आग्रह गरेको छ।

    डब्ल्यूएचओले विभिन्न स्वादमा उपलब्ध गराइने ई-चुरोट(भेप) को प्रयोगबाट युवाहरू निकोटिनको लतमा परेको उल्लेख गर्दै सुर्तिजन्य पदार्थको कुलत रोक्न यस्तो आग्रह गरेको हो ।

    सुर्तीजन्य पदार्थसँगै ई – चुरोटले युवालाई गलत लतको सिकार बनाउँदै लगेको दाबी गर्दै डब्ल्यूएचओले अब प्रतिबन्धको कदम चाल्न ढिलाई हुने बताएको छ ।

    ब्ल्यूएचओका महानिर्देशक टेड्रोस गेब्रेयससले १३-१४ वर्षका अधिकांश बालबालिकाहरूले ई-सिगरेट प्रयोग गरिरहेकाे भन्दै उनीहरू निकोटिनको लतमा परेकाे बताएकाछन् ।

    युवाहरूको स्वास्थ्य जोगाउन सबै जिम्मेवारीसहित गम्भीर बन्न जरुरी भएको डब्ल्यूएचओले उल्लेख गरेको छ । डब्ल्यूएचओको आह्वान पूर्व नै धेरै देशले उमेर समूह तोकेर प्रतिबन्धको कदम चालिसकेका छन् ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर