• जेठ २, २०८१ बुधबार
    15 May, 2024, Wednesday

    मानसिक तनाव छ यसो गर्नुहोस् ?


    २०८० मंसिर १, शुक्रबार

    २०८० मंसिर १, शुक्रबार

    काठमाण्डौंः तपाईं हामी कसैलाई पनि मानसिक तनाव पक्कै भएको होला । यी मानसिक तनाब कम गर्न हामीले विभिन्न तरिकाहरु पालना गर्न सक्यो भने यसको सामाधान गर्न सकिन्छ।

    खान वा गर्न नहुने कुराहरुः

    जाँड, रक्सी, चुरोट, भाङ, धतुरो, खैनी, गाँजा, अमिलो, पिरो, चिल्लो, गरम मसला, बढी मात्रामा तोरीको तेल, तितो र नून बढी भएका खाना, पुराना अचारहरु, तातो खाना वा पेय पदार्थहरु खानुहुँदैन ।भोक र तिर्खालाई रोक्नुहुँदैन । अनिद्रा (रातभर जाग्राम) पनि बस्नु हुँदैन । अनुचित, गर्मीयुक्त वातावरणमा, चिन्ता, भय, रिस, शोक, अनिदो तथा मानसिक दबाबमा विल्कुल बस्नुहुँदैन ।

    खान वा गर्न हुने कुराहरुः
    हल्का सादा खाना खानुपर्छ । प्रशस्त पानी पिउनुपर्छ । रसिला फलफूलहरु र हरिया सागपातहरु प्रशस्त मात्रामा खानुपर्छ । शान्त, एकान्त वा मन प्रशन्न हुने ठाउँमा बस्नुपर्छ ।

    नियमित चिसो पानीले स्नान गर्नुपर्छ । नुहाइसकेपछि घाममा बसेर तिल वा तोरीको तेलले पूरै शरीरलाई मालिस गर्नुपर्छ । ज्ञानबर्द्धक पुस्तक पढ्नमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ ।सकारात्मक विचार, मानसिक सन्तुलनमा सहयोग पुर्‍याउने खालका ध्यान तथा प्राणायामको अभ्यास आदि गर्ने गर्नुपर्दछ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर