• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य हुदै


    २०८० कार्तिक ४, शनिबार

    २०८० कार्तिक ४, शनिबार

    काठमाडौं : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य सुधारोन्मुख रहेको छ ।

    बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा उपचारत श्रेष्ठको अवस्था सामान्य हुदै गएको उहाँको सचिवालयले जनाएको छ ।

    ‘तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)’मा सहभागी हुन चीनको बेइजिङ पुग्नुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात पछि अस्पतालमा भर्ना गरिएको थियो ।

    अस्पताल पुगेलगतै उहाँको कोरोनी एजियोग्राम गरेर छातीको जाँच गरिएको थियो । जाँचका क्रममा मुटुको बाँया धमनी बन्द भएको देखिएपछि ‘स्टेन्ट’ राखिएको अस्पतालले जनाएको छ ।

    चीन सरकार तथा चिनियाँ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले उच्चतम प्रविधि अपनाउन र उहाँको उपचारमा विशेष ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन दिएको बताइएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर