• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    नेपालमा डेंगु सङ्क्रमितको संख्या ३५ हजार नाघ्यो


    २०८० असोज २१, आइतबार

    २०८० असोज २१, आइतबार

    काठमाडौंः नेपालमा डेंगु सङ्क्रमितको संख्या ३५ हजार नाघेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) को तथ्याङ्कअनुसार ३५ हजार ४९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।

    आठ महिनाको अवधिमा सङ्क्रमितमध्ये २० जनाको मृत्यु भएको छ भने सङ्क्रमण ७६ जिल्लामा देखिएको महाशाखाले जनाएको छ ।

    संक्रमण देखिएका जिल्लामध्ये सबै धेरै सङ्क्रमित सुनसरी जिल्लामा छन् । सुनसरीमा १६ हजार ८० जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । यस्तै धादिङ जिल्लामा ३ हजार १२० सङ्क्रमित छन् ।

    तनहुँमा ३ हजार ११७ जना संक्रमित भएका छन् भने मोरङमा २ हजार २७० संक्रमित भएका छन् । यस्तै, कास्की ७६९ जनामा पुष्टि हुँदा काठमाडौँमा ७५१ जना संक्रमित भएको ईडीसीडीले जनाएको छ ।

    उता सङ्खुवासभामा ४९३ जना संक्रमण पुष्टि हुँदा कैलालीमा ४६७ जनामा संक्रमण भएको छ । धनकुटामा संक्रमितको संख्या ४४२ जना पुगेको छ ।

    सात प्रदेशमध्ये सबैभन्दा धेरै सङ्क्रमित कोशी प्रदेशमा रहेको आँकडाले देखाएको छ । महाशाखाका अनुसार कोशी प्रदेशमा मात्रै २३ हजार ६२० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

    त्यसपछि बाग्मती प्रदेशमा ४ हजार ७८० जना सङ्क्रमित छन् भने गण्डकी प्रदेशमा ४ हजार ३५० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

    त्यस्तै सुदूरपश्चिम प्रदेशमा १ हजार २१, मधेस प्रदेशमा ५७७, लुम्बिनी प्रदेशमा ५२५ र कर्णाली प्रदेशमा १२१ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर