• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    डडेलधुरामा ‘लम्पी स्किन’ रोगबाट एक हजारभन्दा बढी पशु चौपाया मरे


    २०८० भाद्र १४, बिहिबार

    २०८० भाद्र १४, बिहिबार

    काठमाण्डौंः डडेलधुरामा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण बाट १  हजारभन्दा बढी पशु चौपाया मरेका छन्  ।

    भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेलधुराले दिएको तथ्याङ्कअनुसार हालसम्म १ सय ९२ बाच्छा–बाच्छी, ५ सय ७३ गाई, ३ सय ५ गोरु, २१ भैँसीको मरेका छन् ।

    यो रोगबाट ३२ हजार ९ सय ६५ सङ्क्रमित रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेलधुराका सूचना अधिकारी प्रकाश थापाले जानकारी दिनुभयो ।

    ४ हजार ३ सय ८२ बाच्छा–बाच्छी, १६ हजार ४ सय ७६ गाई, १० हजार ४ सय ४० गोरु, ३ हजार ६ सय ६७ भैँसीमा सङ्क्रमण देखिएको छ ।

    सात वटा स्थानीय तह रहेको डडेलधुरामा कुल १ लाख ४ हजार ७ सय २६ पशुको सङ्ख्या रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर