• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    वीरमा आजबिहान ८ बजेदेखि नै ओपीडी सञ्चालन हुने


    २०८० श्रावण १, सोमबार

    २०८० श्रावण १, सोमबार

    काठमाडौंः वीर अस्पतालमा आज साउन १ गतेदेखि ओपीडी सेवा बिहान ८ देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने भएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले असार २२ गते गरेको वीर अस्पतालमा बिहान ८ बजेदेखि ओपीडी सेवा सञ्चालन गर्ने निर्णय आजदेखि कार्यान्वयनमा आउन लागेको हो।

    तर, न्याम्स अन्तर्गतका केही चिकित्सकले भने यो निर्णयप्रति आपत्ति जनाउँदै आएका छन्। न्याम्सका प्राध्यापकहरूको संस्था फ्याकल्टी डक्टर्स एसोसिएसन (एफडीए)ले त विज्ञप्ति जारी गरेर यो निर्णयको विरोध गरेका हुन्।

    एफडीएले सबैजसो विभागहरूको बिहानको अडिट र क्लिनिकल कक्षाहरू बिहान ८ बजे नै सुरु हुने भएकाले सोही समयमा ओपीडी सुरु गर्दा कक्षाहरूमा असर पर्ने जनाएको छ।

    एफडीएले नयाम्सको निर्णयप्रति असहमति जनाउँदै सच्याउन आग्रह गरेको छ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर