• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    धनगढीमा भेटिए डेङ्गु संक्रमित


    २०८० असार २२, शुक्रबार

    २०८० असार २२, शुक्रबार

    काठमाण्डौः  धनगढीमा डेङ्गुको बिरामी फेला परेका छन् ।

    धनगढी उपमहानगरको वडा नम्बर–९ गौरीकटानमा डेङ्गुका बिरामी फेला परेका हुन् । गौरीकटानका १४ वर्षीय एक किशोरमा डेङ्गु पुष्टि भएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले जानकारी दिए ।

    बिहीबार बिरामी भएर अस्पताल आएका किशोरको रगत परीक्षण गर्दा डेङ्गु पुष्टि भएको हो । बिरामीको अहिले उपचार भइरहेको छ। अरू वर्ष भदौ र असोजमा देखा पर्ने डेङ्गु संक्रमण यो वर्ष असारमै देखा परेकाले सतर्क रहनुपर्ने स्वास्थ्य कार्यालय कैलालीले आग्रह गरेको छ ।

    सफा पानीमा हुर्कने प्रजातिको लामखुट्टेले टोक्दा डेङ्गु संक्रमण हुन्छ। डेङ्गुबाट बच्न  र बचाउन घर वरिपरि सफा पानी जम्न नदिने र दिनको समयमा लामखुट्टेको टोकाइबाट बच्न आग्रह गरिएको छ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर