• वैशाख १५, २०८१ शनिबार
    27 Apr, 2024, Saturday

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको झोलामा रहेको पावर बैंक पड्कियो


    २०८० मंसिर १७, आइतबार

    २०८० मंसिर १७, आइतबार

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा विदेशी यात्रुको झोलामा रहेको पावर बैंक पड्किएको छ ।

    आइतवार दिउँसो करिब पौने १ बजेतिर झोलामा रहेको पावर बैंक पड्किँदा सामान्य क्षति भएको छ ।

    यस विषयमा नयाँ संजालसँग कुरा गर्दै एक ड्युटी अफिसरले भने, “विदेशी यात्रुले पावर बैंक प्रयोग गरेर ल्यापटप चलाइरहनु भएको थियो । त्यही बेला पावर बैंक पड्किएको हो । एकैछिनमा अवस्था सामान्य भयो ।”

    यस्तै सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै लगेजमा पावर बैंक राख्न नदिने गरेको उनले सुनाए । “ह्यान्ड ब्यागमा राख्दा पनि सजगता अपनाउनुपर्छ,” उनले भने, “यसबाट केही दुर्घटना भएको छैन ।”

    पावर बैंकमा भएको त्रुटिका कारण पड्किएको हुनसक्ने उनले सुनाए ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर