काठमाण्डौंः नेपाली कांग्रेस नुवाकोटको सभापतिमा रमेश महतको प्यानल नै विजयी भएका छन् । शुक्रवार भएको निर्वाचनको मत परिणाममा उनले डा. केदारनरसिंह केसीलाई १० मतले पराजित गर्दै सभापतिमा विजयी भएका हुन् ।
निकटतम प्रतिद्धन्द्धी उम्मेद्धार चिकित्सक संघका पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका डा. केसीलाई १० मतान्तरले पछि पार्दै जिल्ला सभापतिमा महत निर्बाचित भएका हुन् । कांग्रेसको पार्टी कार्यालय विदुरमा शनिबार सकिएको मत गणनाको नतिजा अनुसार सभापति महतको सम्पूर्ण प्यानल नै निर्वाचित भएका छन् ।
सभापतिमा उनलाई डा. रामशरण महत, डा. प्रकाशशरण महत र बहादुर लामाको समर्थ रहेको थियो । त्यसैगरी डा. केसीलाई भने अर्जुनरसिंह केसी समुहको समर्थन रहेको थियो ।
यस्तै जिल्ला उप–सभापतिमा महत समुहका सन्तमान तामाङ र राजु थापा विजयी बनेका छन् । निर्बाचित उप–सभापति तामाङले ८ सय ४६ मत र थापाले ७ सय ५१ मत प्राप्त गर्दै जिल्ला उप–सभापतिमा निर्बाचित भएका हुन् । केसी समुहका उप–सभापतिका उम्मेद्धार उपेन्द्र कुँइकेलले ७ सय ४८ र होम बहादुर तामाङले ६ सय ८२ मत पाएका छन् । त्यसैगरी स्वतन्त्र समुहका उप–सभापतिका अर्का उम्मेद्धार ठाकुरजंग पाण्डेले ८७ मत पाएका थिए ।
यस्तै सचिबमा महत समुहबाट बैकुण्ठ मिश्र र श्रीराम श्रेष्ठ निर्वाचित भएका छन् । सचिब मिश्रले ९ सय र श्रेष्ठले ८ सय २९ मत प्राप्त गर्दै जिल्ला सचिबमा निर्बाचित भएका हुन् । केसी समुहका सचिबका अर्का उम्मेद्धार शिव प्रसाद दाहालले ७ सय ०२ र शंकर पाण्डेले ६ सय ७९ मत मात्र पाएका छन् ।
यस्तै सह–सचिबमा उत्तम पाठक र यादव प्रसाद नेपाल निर्बाचित भएका छन् । सह–सचिब पाठकले ८ सय ८८ र नेपालले ८ सय २३ मत प्राप्त गर्दै सह–सचिबमा निर्बाचित भएका हुन् । केसी समुहका सह–सचिबका अर्का उम्मेद्धार झमक राज गुरुङले ६ सय ८८ र रुप बहादुर तामाङले ६ सय ८४ मत पाएका छन् । जिल्ला अधिवेसनका लागि जिल्ला भरीबाट कुल १७४७ मत खसेको थियो । निर्वाचित टिमलाइ हाम्रो पनि बधाइ तथा शुभकामना ।