• कार्तिक २०, २०८२ बिहिबार
    06 Nov, 2025, Thursday

    जसपा नेपालको केन्द्रीय समिति बैठक आज पनि बस्दै


    २०८२ कार्तिक २०, बिहिबार
    जसपा नेपालको केन्द्रीय समिति बैठक आज पनि बस्दै

    २०८२ कार्तिक २०, बिहिबार

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ ।

    बिहीबारको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा बुधबार प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि नेताहरुले धारणा राख्ने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

    अध्यक्ष यादवले नेपालको वर्तमान राजनीतिक परिस्थिति र जसपा नेपालको दृष्टिकोण एवं कार्यदिशा, पार्टीको सङ्गठनात्मक कार्ययोजना, पार्टी एकता, मोर्चा र चुनावी तालमेललगायतका शीर्षकमा २२ बुँदे प्रतिवेदन बैठकमा प्रस्तुत गरेका छन् ।

    जसपा नेपालको केन्द्रीय समिति बैठक जारीबैठकले अध्यक्षद्वारा प्रस्तुत सङ्गठनात्मक प्रस्तावउपर समेत निर्णय गर्ने बताइएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर