काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगन थापाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोध गरेका छन् ।
उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारको यो निर्णय गलत भएको बताएका हुन् । सरकार उल्टो बाटो हिँडेको भन्दै सरकारले यो निर्णय पुनर्विचार गर्नुपर्ने उनको भनाई छ ।
सरकारले कानुनबमोजिम दर्ता प्रक्रियामा नआएका सञ्जालहरुलाई बन्द गर्ने निर्णय गरेको छ ।