• जेठ २, २०८२ शुक्रबार
    16 May, 2025, Friday

    वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने राप्रपाको निर्णय


    २०८२ बैसाख ४, बिहिबार
    वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने राप्रपाको निर्णय

    २०८२ बैसाख ४, बिहिबार

    काठमाण्डौः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।

    बिहीबारको कार्यसम्पदान समितिको बैठकको निर्णय सुनाउँदै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले निषेधित क्षेत्रमा प्रदर्शन गरिने बताए । लिङ्देनले वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा गरिने पनि बताए ।

    लिङदेनले भने, ‘निषेधित क्षेत्रमा प्रदर्शन गरेर हामी सामूहिकरूपमा थुनामा रहन तयार भएका छौं । राजेन्द्र लिङदेन थुनिन तयार छ ।’ उनले आफूहरूको प्रदर्शन शान्तिपूर्ण नै हुने बताए ।

    राप्रवाले पार्टीका नेताद्वय रविन्द्र मिश्र र डा. धवलशम्शेर राणाको निशर्त रिहाइका लागि कानूनी र राजनीतिक संघर्ष गर्ने निर्णय पनि गरेको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर