• माघ २९, २०८१ मंगलबार
    11 Feb, 2025, Tuesday

    लोसपाका केन्द्रीय सदस्य गुप्ता अशोक राईको जसपामा प्रवेश


    २०८१ माघ १२, शनिबार
    लोसपाका केन्द्रीय सदस्य गुप्ता अशोक राईको जसपामा प्रवेश

    २०८१ माघ १२, शनिबार

    पर्सा, माघ १२ गते। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जनता समाजवादी पार्टी (जसपा) प्रवेश गर्नुभएको छ ।

    पर्साको वीरगन्जमा आयोजित कार्यक्रममा लोसपाका केन्द्रीय सदस्य तथा मधेश आन्दोलनका अगुवा पर्साको बहुदरामाई नगरपालिका–९ का स्थानीयवासी जटाशंकर गुप्ता लगायतको टोली जसपा प्रवेश गरेको हो।

    यसैगरी लोसपाकै केन्द्रीय सदस्य एवं वीरगंज–५ निवासी अवस्थित जोशी जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गर्नुभएको हो ।

    नव प्रवेशीलाई जसपाका केन्द्रीय अध्यक्ष अशोककुमार राई, उपमहासचिव एवं खानेपानी मन्त्री प्रदीप यादव  लगायतका नेताले पार्टीमा स्वागत गर्नुभएको थियो।

    नव प्रवेशीको पार्टीमा प्रवेशले जसपाको सिद्धान्त र उद्देश्यप्रति भरोसा र समर्पणलाई अझ मजबुत बनाउने उपमहासचिव एवं संघीय मन्त्री प्रदीप यादवले विश्वास व्यक्त गर्नुभयो।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर